बार्सिलोनाको लेभान्टेमाथि शानदार जित

Image a cwvawcp7qm

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को भारी जित निकालेको छ । बार्सिलोनाको जितमा लियानल मेस्सीले ह्याट्रिक गरे ।

भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । चोटबाट कमब्याक गरेका उनले लियानल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल मेस्सी आफैँले गोल गर्दै टिमको अग्रता दुई शून्यमा पुर्‍याए ।

पहिलो हाफमा २ गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो । जसमा ४७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ६० औं मिनेटमा अर्टुरो भिडालको पासमा मेस्सीले ह्याट्रिक पूरा गर्दा टिमको अग्रता चार शून्यमा पुग्यो । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक थियो ।

खेलको ८८ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना ५–० ले विजयी भयो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँगको दुरी तीन अंकमा कायम राखेको छ । बार्सिलोनाको ३४ र सेभियाको ३१ अंक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...