काठमाडौं किंग्स ईपीएलको प्लेअफमा

Kathmandu kings yzuzecyktp

काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले भैरहवालाई ७ विकेटले हराउँदै प्लेअफको यात्रा पक्का पारेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।

४० रन हुँदा तेस्रो विकेट गुमाएको उसका विदेशी खेलाडी रायन टेन डोइच्टेले १२ रन बनाए । रविइन्दर सिंह र कप्तान शरद भेषावकरले १०९रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए ।

रविइन्दरले अविजित ८६ रन बनाए भने शरदले ३९ रनको योगदान गरे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक-एक विकेट लिए ।

जवाफमा काठमाडौंले १९ ओभर तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । ६८ रनमा पहिलो विकेट गुमाएका काठमाडौंले एक सय १२ रन हुँदा दोस्रो विकेट खेर फाल्यो उसले अरु १७ रन जोड्दा थप तीन विकेट खेर फालेको थियो ।

काठमाडौंको जितमा अमित श्रेष्ठले ५१, रोहन मुस्तफाले ३६ तथा सागर पुनले १३ रन बनाए । यस्तै केभिन ओब्राइनले अविजित २९ रनको योगदान गरे ।

जितसँगै काठमाडौंले प्लेअफको यात्रा पक्का गरेको छ । उसको जितले चितवनलाई प्लेअफमा पुग्ने सम्भावना निकै कम भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...