इपिएल टी–२० क्रिकेट: आज दुई खेल हुँदै

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ ।
पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेतासमेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ललितपुर प्याट्रियसलाई पराजित गरेको थियो ।
पोखराले भने यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता छ । विराटनगरविरुद्ध पराजित भएमा पोखरा समूह चरणबाटै बाहिरिनेछ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो ।
अजै हुने दोस्रो खेलमा शरद भेषवाकरको भैरहवा र पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ ।
चितवनविरुद्ध मैदान उत्रदा भैरहवा लगातार दोस्रो जितको योजनामा हुनेछ । अघिल्लो संस्करणको उपविजेतासमेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन पनि दुई खेलमा पराजित भइसकेको छ । चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो ।
सम्बन्धित समाचार
हङकङ यू -१९ माथि नेपालको सानदार जित, शनिबार निर्णायक खेल अफगानिस्तानसँग खेलने
काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । नेपालको यो लग...
६४ पदक हात पार्दै धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन...
एपीएफलाई हराउँदै गाइघाट पुग्यो भीमनारायण गोल्डकपको फाइनल, उपाधीका लागि नमोबुद्धसँग भिड्ने
धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि ...
सहिद भीमनारायण गोल्डकप : सेमिफाइनलबाटै बाहिरियो साविकको विजेता युनाइटेड झापा
धनकुटा । साविकको विजेता युनाइटेड युथ क्लव झापा धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्ड...
भीमनारायण गोल्ड कप : आज युनाइटेड झापा र सप्तरीको नमोबुद्धबीच पहिलो सेमिफाइलन हुँदै
धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्ड कपको १७ औं शृंखला अन्तर्गत आज झापाको युनाइटेड युथ क्ल...
भीमनारायण गोल्ड कप : बेलबारीको आत्मघाती गोलको सहाराले सेमिफाइनल पुग्यो एपिएफ क्लब
धनबुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्ड कपको १७ औं शृंखला अन्तर्गत आज भएको खेलमा विभागीय टोली...
धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित
धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...
प्रतिकृया दिनुहोस