इचंखु नारायणमा अर्को साता नागार्जुन मेयर कप कराते प्रतियोगिता हुने

Karate press meet

काठमाडौं । आगामी हप्ता दोस्रो नागार्जुन मेयर कप कराते प्रतियोगिता हुने भएको छ ।

इचंखु नारायण कराते डोे र इचंखु सामुदायीक खेलकुद विकास समाज, नागार्जुनको संयुक्त आयोजनामा मंसिर २८ र २९ मंसिरमा दोस्रो नागार्जुन मेयर कप कराते प्रतियोगिता हुने भएको हो ।

डोको २२ औ बार्षिक उत्सबको अबसरमा डोजोको हलमा आयोजना हुने प्रतियोगितामा १५ भन्दा बढी टोलीका खेलाडीहरुको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष बाबुराम लामाले बताए । उनले आमन्त्रित टोलीका रुपमा भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे, र लमजुङका टोली पनि आउने जानकारी दिए ।

प्रतियोगिता संयोजक सन्तोष चाम्लिङले प्रतियोगितामा कुमुतेतर्फ पुरुष र महिलाका ९/९ स्पर्धा समाबेश गरिएको बताए । महिला र पुरुषका एकल काता पनि समाबेश हुनेछ । प्रतियोगिताको ८ लाख खर्च हुने अनुमान गरिएको छ ।

२०५३ मा स्थापित यस डोजोले विगतमा थुप्रै प्रतियोगिता आयोजना गरेको छ भने राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...