डिभिजन लिगमा आमीले गर्‍यो गोलको वर्षा

Aarmi khel

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डको खेलमा संकटा क्लब र आर्मी आमनेसामने हुँदा संकटा फराकिलो अन्तरले पराजित भएको छ । योसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५–१ को अन्तरले पराजित गरेको छ । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल गरे ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको आर्मीले दोस्रो हाफमा भने थप ३ गोल गरेको थियो । संकटाका लागि भने इलोन म्याक्श्वेलले पहिलो हाफअघि एक मात्र सान्त्वना गोल गरे ।

जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट १० अंक जोडेको छ । अपराजित यात्रामा रहेको आर्मीले ३ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । लिगको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लब भने दोस्रो स्थानमा छ । मनाङको ३ खेलबाट ९ अंक रहेको छ । तेस्रो स्थानमा रहेको संकटाको ४ खेलबाट ९ अंक रहेको छ ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा नै आज दिउँसो साँढे २ बजे थ्रीस्टारले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ । आजै साँढे २ बजे हलचोकस्थित एपीएफको खेलमैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...