हकी विश्वकप पाकिस्तानले खेल्ने पक्का

काठमाडौं । पाकिस्तानले हकीको विश्वकप खेल्ने पक्का भएको छ ।
भारतमा हुन लागेको विश्वकपका लागि यसअघि भीसा जारी नहुँदा पाकिस्तानको सहभागिता अनिश्चत बनेको थियो । तर भारतले भुवनेश्वरमा २८ नोभेम्बरदेखि सुरुहुने हकीको विश्वकपका लागि पाकिस्तानी खेलाडीहरुको भीसा जारी गरेको हो ।
भीसा सँगै भारतले पाकिस्तानी खेलाडीहरुलाई विश्वकपका लागि ९० लाख रुपैयाँ पनि दिएको छ । हकी विश्वकपमा १६ टिमको सहभागीता हुने छ ।
पाकिस्तान हकी महासंघका सचिब शाहबाज अहमदले भारतसँज जोडिएका सबै समस्या समाधान भएको र मूख्य कोच तथा सहायक कोचको भने भीसा आवदेन दिन ढिला भएकाले एक दुई दिनमा आउने बताए ।
यसअघि लखनऊमा भएको जुनियर विश्वकपमा पाकिस्तानले भीसा नपाएपछि खेल्न पाएको थिएन ।
प्रतिकृया दिनुहोस