सन्दीप इन्डियन प्रिमियर लिग खेल्ने

काठमाडौं । नयाँ सिजनका इन्डियन प्रिमियर लिगका (आइपिएल) लागि नेपाली स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरबाटखेल्ने भएको छ ।
दिल्लीले नयाँ सिजनका आइपिएलका लागि रिटेन (पुन: अनुबन्ध) गरेको लिस्टमा सन्दीपसमेत रहेका छन् । गत सिजनको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो ।
उनले अन्तिम तीन खेलमा अवसर पाउँदा सनसनीपूर्ण प्रदर्शन गरेका थिए । यस सिजनमा पनि सन्दीपको पारिश्रमिक २० लाख भारुभन्दा कम हुँदैन ।
प्रतिकृया दिनुहोस