पाकिस्तानद्वारा आयरल्यान्ड पराजित

Creat

काठमाडौं । पाकिस्तानले आयरल्यान्डलाई ३८ रनले पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्याण्डलाई पराजित गर्दै विश्वकपमा पहिलो जित समेत निकालेको हो ।

१ सय ४० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको आयारल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि आईसोबेल जोयसले ३० र क्लेयर सिलिङटनले २७ रनको योगदान दिए पनि आफुनो टिमलाई जित दिलाउन भने सकिनन् । बलिङतर्फ पाकिस्तानकी साना मिर, ऐमान अन्वेर, नश्रा सन्धु र आलिया रियाजले समान २-२ विकेट लिए ।

यसअघि प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । पातिस्तानका लागि कप्तान जाभिरिया खानले अविजित ७४ रन बनाए । त्यस्तै, आयसा जफरले २१ रनको योगदान दिएकी थिइन् ।

जितसँगै पाकिस्तानले ३ खेलबाट दुई अंक बनाएको छ । यसअघि पाकिस्तानले दुई खेल गुमाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...