भिक्टोरिया प्लाजेनलाई रियल मड्रिडले ५ गोलले हरायो
काठमाडौं । युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग समूह जी अन्तर्गत रियल मड्रिडले चेक रिपब्लिकको भिक्टोरिया प्लाजेनलाई ५–० गोलले हराउँदा करिम बेञ्जेमाले २ गोल गरे ।
त्यस्तै कासेमिरो, ग्यारेथ बेल र टोली क्रुजले एक–एक गोल गरे । भिक्टोरियाको मैदानमा रियलले चार गोल पहिलो हाफमा गरेको थियो ।
यही समूहमा रोमाले सीएसकेए मस्कोभालाई २–१ गोलले हरायो । जितसँगै रियल र रोमाले ९–० अंक भएको छ ।
प्रतिकृया दिनुहोस