आज नेपाली टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

Football image

काठमाडौं । यू-१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार नेपाली टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे हुनेछ । सेमिफाइनलमा स्थान बनाइसकेका बंगलादेश र नेपालबीचको खेलले समूह विजेताको तय हुनेछ ।

शनिबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९-० ले पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै ४-० ले हराएको थियो ।

लगातार दुई खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेका बंगलादेश र नेपालको समान तीन भएको छ । यस्तै सोमबार बिहान साढे १० बजे भारत र भूटान आमने सामने हुने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...