भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सुरु

भक्तपुर । भक्तपुरमा नगरस्तरीय खेलकुल प्रतियोगिता सुरु भएको छ ।
नगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु सो प्रतियोगिता भक्तपुर नगरका विभिन्न खेलमैदान र विद्यालयका प्रांगणमा मात्रै होइन, दरबार क्षेत्रमा समेत हुनेछ ।
शहीद स्मृति खेलमैदानबाट सुरु भएको प्रतियोगिताको नेपाल मदजुर किसान पार्टीका अध्इक्ष नाराणमान विजुक्छेंले उद्घाटन गरे । सो प्रतियोगिता कार्तिक १७ गतेसम्म हुने छ ।
सो प्रतियोगितामा १३ वटा विभिन्न खेलहरु समावेश गरिएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ९२ वटा विद्यालयमध्ये ६१ वटा विद्यालयका १ हजार ८ सय खेलाडी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने नगर खेलकूद समितिले जनाएको छ । १३ वटा खेलहरुको नगरका विभिन्न खेलमैदानमा आयोजना हुनेछन् ।
गत वर्ष ८ वटा खेल प्रतियोगिता आयोजना गरेको भक्तपुर नगरपालिकाले यो पटक भलिवल, फुटवल, कराते, उसु, टेवुलटेनिस, बुद्धिचाल, फुटसल, पोटबल, कसिपायचा, खो खो लगायत १३ वटा खेल प्रतियोगिताहरु समाबेश हुने भएका छन् ।
प्रतिकृया दिनुहोस