भारतलाई हराउँदै वेष्टइण्डिज विजयी

काठमाडौं । भारत र वेष्टइण्डिजबीच भइरहेको तेस्रो एक दिवसीय क्रिकेटमा वेष्टइण्डिज विजयी भएको छ ।
तेस्रो एकदिवसीय खेलमा वेष्टइण्डिजले ४३ रनले विजयी भएको हो । २८४ रनको लक्ष्यसहित मैदान ओर्लेको घरेलु टोली भारत ४७.४ ओभरमा २४० रनमा समेटियो ।
कप्तान विराट कोहलीले १०७ रन बनाएका थिए । कोहलीको यस शृंखलाको तीन खेलमा लगातार तेस्रो शतक हो ।
बलिङतर्फ वेष्टइण्डिजका मार्लुन स्यामुयल्सले ३ तथा जेसन होल्डर, ओबेड मेकोय र एस्ले नर्सले समान २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८३ रन बनाएको थियो ।
१५५ रनमा तीन तथा १२१ रनमा ५ विकेटको स्थितीमा रहेको वेष्टइण्डिजको इनिङ साई होप र एस्ले नर्सले सम्हालेका थिए । साई होप ९५ रनमा पेभेलियन फर्के भने नर्सले ४० रन जोडे ।
त्यस्तै सिमरोन हेट्मायरले ३७ तथा कप्तान जेसन होल्डरले ३२ रन बनाए । बलिङमा भारतका जसप्रित बुम्राहले ४ विकेट लिए ।
यससँगै ५ एकदिवसीय क्रिकेट खेलको शृंखला एक(एकको बराबरी भएको छ । पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । शृंखला अन्तर्गत चौथो खेल सोमबार हुनेछ ।
प्रतिकृया दिनुहोस