चितवनलाई बुटवलले दियो १३६ रनको लक्ष्य

पोखरा । बुटवल ब्लास्टर्सले चितवन राहिनोजलाई १३६ रनको लक्ष्य दिएको छ ।
पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
निकै खराब सुरुवात गरेको बुटवलले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । उसका विदेशी खेलाडी चिराग सुरी मात्र एक रनमा आउट भए ।
त्यसपछि क्रिजमा आएका अर्का विदेशी खेलाडी रोहन मुस्तफा खाता खोल्न नपाउँदै आउट भएपछि दुई रनमा दोस्रो विकेट खेर फाल्यो ।
त्यसको लगत्तै भिम सार्की दुई रनमा आउट भएपछि बुटवलले १० रनमा तेस्रो विकेट गुमाउन पुग्यो । तर चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।
तर सागर ४६ रनमा पेभेलियन फर्किएपछि बुटवलले ७८ रनमा चौथो विकेट गुमाउन पुग्यो । त्यसपछि शंकर राना ४८ रनमा आउट हुँदा बुटवलले एक सय २८ रनमा पाँचौ विकेट गुमायो । शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
प्रतिकृया दिनुहोस