एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालको दोस्रो जित

काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ ।
थाइल्याण्डको चोनबुरी रंगशालामा जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएकी छन् । रक्षात्मक देखिएको भारतको अफसाइड ट्र्याप तोड्दै उनले गोल गर्न सफल भइन् ।
पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग नेपाल ३–० ले हारेको थियो । तर, दोस्रो खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
८८ औं मिनेटमा पनि रेखाले नै गोल गर्न सफल भइन् । भारतीय गोलरक्षक अगाडि बढेको अवस्थामा शानदार चीप शटमार्फत उनले गोल गरेकी हुन् ।
जितसँगै नेपालको एएफसी च्याम्पियनसिपमा छनोट हुने सम्भावना जीवितै बनेको छ । नेपालको २ खेलबाट ३ अंक भएको छ ।
समान एक जित र एक हारको नतिजा निकालेको भारतको पनि तीन अंक नै छ । समूहको पहिलो खेलमा भारतले पाकिस्तानबिरुद्ध १८–० ले हराएको थियो ।
प्रतिकृया दिनुहोस