नेपालले गर्यो माल्दिभ्सविरुद्ध ४ गोल

काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भउको साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी यात्राको थालनी गरेको हो ।
काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोल नै थपेको थियो । २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । माल्दिभ्सका डिफेण्डरले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई जान लिम्बूले गोलमा परिणत गरेका थिए ।
३५औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । नामस थापामगरले पेनाल्टी एरियाबाट गोल गरेका थिए । यसैगरी नेपालले ६५औं र ६८औं मिनेटमा गोल गर्दै ४–०ले अघि बढेको थियो । त्यसपछि थप गोल हुन सकेन र नेपाल ४–०ले विजयीहुँदै यू –१५ साफ च्याम्पियनिसिपमा सुखद् सुरुवात गर्न सफल भएको हो ।
यसअघि आजै भएको उद्घाटन खेलमा समूह बी अन्तर्गत पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगिताअन्तर्गगत शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान तथा दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता छ । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।
प्रतिकृया दिनुहोस