जर्मनीविरुद्ध नेदरल्याण्डको शानदार जित

Wire 5025934 153946

काठमाडौं । यूईएफए नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डन्सले जर्मनीलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

नेसल्स लिगको लिग ए अन्तर्गत समूह एकमा नेदरल्याण्डले पूर्व विश्वच्याम्पियन जर्मनीलाई हराउन सफल भयो ।

नेदरल्याण्ड्सका लागि ३०औं मिनेटमा लिभरपुलका स्ट्राइकर भिर्गिल भान जिकले गोल गरी अग्रता दिलाएका थिए । दोस्रो हाफमा घरेलु टोली नेदरल्याण्ड्सले दुई गोल थप्यो ।

८६औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दा खेलको इन्ज्यूरी समयमा जर्जियानो विज्नाल्डमले तीन शून्यको जित सुनिश्चित गरे । पहिलो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको जर्मनी यो समूहको अन्तिममा पुगेको छ । सन् २०१४ को विश्वकप विजेता जर्मनी अहिले खराब लयबाट गुज्रिरहेको छ ।

जोचिम लो को प्रशिक्षणमा रहेको जर्मनीले पछिल्लो १३ खेलमा तीन खेलमा मात्र जित हासिल गर्न सकेको छ । यस्तो नतिजा आइरहेको समयमा सन् २००४ यता जर्मन टोलीको बागडोर संहालिरहेका प्रशिक्षक लो को भविष्य पनि संकटमा परेको छ । जर्मनी रुस विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...