पहिलो पारिमा भारतविरुद्ध वेस्टइन्डिज ३११ रनमा अलआउट

काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पारिमा वेस्ट इन्डिज ३११ रनमा अल आउट भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज दोस्रो दिनको पहिलो सत्रमा अल आउट भएको हो । पहिलो दिन ७ विकेट गुमाएर २८६ रन बनाएको वेस्ट इन्डिजले बाँकी रहेका ३ विकेट आज ११.१ ओभरमा गुमाएको थियो ।
एक समय दबाबमा आएको वेस्ट इन्डिजलाई ज्यासन होल्डर र रोस्टन चेजले १०४ रनको साझेदारी गरेपछि वेस्टइन्डिले मध्ययम स्कोर खडा गर्न सफल भएको हो । जसमा रोस्टनले १०६ रन बनाए ।
भारतका उमेश यादवले ६ तथा कुलदीप यादवले ३ विकेट लिएका थिए ।
प्रतिकृया दिनुहोस