नेपालले लियो सिंगापुरको छैठौं विकेट

Creattttt

काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले छैठौं विकेट गुमाएको छ ।

खेलको १४ औं ओभरको पहिलो बलमा ललित राजवंशीले जनक प्रकाशलार्इ पेभेलियनको बाटो देखाएका हुन् । उनले ३ बलको सामना गर्दै १ रनमात्र बनाएका थिए ।

यसअघि १३ औ‌ ओभरको चौथो बलमा सन्दीप लामिछानेले सिंगापुरका मनप्रीत सिंहलार्इ व्यक्तिगत १० बिनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।

यसअघि वर्षाका कारण खेल केही समय रोकिएको थियो ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियो ।

यतिखेर १५ ओभरको समाप्तिमा सिंगापुर ६ विकेट गुमाउँदै ७६ रन बनाएर खेलिरहेको छ ।

बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् भने र वसन्त रेग्मी र ललित राजवंशीले समान १-१ विकेट लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...