आज दुई ए डिभिजन लिग खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लब भिड्दैछन् ।
थ्री स्टार २ वर्षअघिको राष्ट्रिय लिगको विजेता टोलीसमेत हो । यसपटक उसलाई लिगको विजेताका रूपमा हेरिएको छ ।
आजै हुने अर्को खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । यो खेल दिउँसो सोही मैदानमा ३ बजेदेखि सुरु हुँदैछ ।
प्रतिकृया दिनुहोस