यु–१८ महिला राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले स्वागत गरे ।

भुटानमा सम्पन्न सो प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यही असोज २१ गते सम्पन्न फाइनलमा नेपाल बङ्गलादेशसँग १-० गोलअन्तरले पराजित भएको थियो ।

सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-१ गोलअन्तरले पराजित गरी फाइनलमा स्थान बनाएको थियो । उपविजेता बनेको यु-१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई एन्फाले जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...