नेपालले टि–२० विश्वकपमा टस जितेर फिल्डिङ रोज्यो

Creattttt

काठमाडौं । आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्प्रधा गर्दैछ ।

मलेसियाको बायुमास ओभल मैदानमा खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

लगातार चार जित हात पार्दै नेपालले समूहको शीर्ष स्थानमा छ । उत्कृष्ट रनरेट आत्मसाथ गर्दै नेपालले एसिया नेपालले दुई खेलअघि नै दोस्रो चरणको सिट सुरक्षित गरिसकेको छ ।

एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणको छनोट खेल्ने लक्ष्य लिएको नेपालले चीनलाई हराएको खण्डमा च्याम्पियन बन्ने सम्भावना रहनेछ ।

समूहमा नेपालसँगै सिंगापुरको पनि समान आठ अंक छ । तर रनरेटमा पछि रहँदै सिंगापुर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा सि‌ंगापुरसँग खेल्न बाँकी छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...