यु– १८मा उपविजेता राष्ट्रिय महिला टोलीलाई जनही ५० हजार

U 18 women football jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा सम्पन्न यू–१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीलाई जनही ५० हजार दिने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फाको आपत्कालिन बैठकले महिला टोलीलाई नगद सहयोग गर्ने निर्णय गरेको एन्फाका प्रवक्ता किरण राईले बताए । यस्तै एन्फाले अखिल नेपाल फुटबल संघको पेश्की फर्छौट समिति गठन भएको छ ।

जसको संयोजकमा हरि रायमाझि, सदस्यमा रविन्द्र जोशी तथा संयोजकले मनोनित गर्ने सि।ए एक जना सदस्य हुनेछन् । यसैगरी भारतको सिक्किममा कात्तिक ६ देखि १७ सम्म हुने गभर्नर गोल्डकप खेलमा नेपालबाट सशस्त्रको एपीएफ र मनाङ मस्र्याङ्दी क्लबलाई सहभागी गराईनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...