टी-२० क्रिकेट खेलमा आज नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै

Creattttt

काठमाडौं । मलेसियामा भैरहेको विश्वकप टी-२० छनोट क्रिकेटमा सोमबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।

समूहमा लगातार तीन खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल आजको खेल पनि आफ्नो पक्षमा पार्ने दाउमा हुने छ । नेपाल र भुटानबीचको खेल राति ८ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा भुटानले एक खेल मात्रै जितेको छ ।

सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि जानेछन्। पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियामाथि नेपालले ८ विकेटको जित निकालेको थियो । तेस्रो खेलमा थाइल्याण्डलार्इ १४० रनले पाखा लगाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...