आज नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं । भूटानमा जारी साफ अण्डर-१८ महिला साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली यु–१८ महिला फुटबल टिम बंगलादेशलाई हराउँदै उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल शुरु हुनेछ । समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो ।
बंगलादेशसँग समूह चरणमा २-१ गोल अन्तरले हारेको नेपाल बंगलादेशलाई स्तब्ध पार्दै उपाधि जित्ने दाउमा छ ।
सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले भने आयोजक भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । फाइनल खेलअघि भुटान र भारतले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिकृया दिनुहोस