मलेसियामाथि नेपालको सहज जित

Cricket

काठमाडौं । नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५२ रनमा अविजित रहे भने उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन बनाए ।

नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर अनिलकुमार साह एक रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र २ रन थियो । विनोद भण्डारीले १२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो । उसका सफिक शरिफले ४९ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिएका थिए । सोमपाल कामीले तीन र पारस खड्काले १ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...