बंगबन्धु गोल्डकपः ताजकिस्तानसँग नेपाल २ गोलले पराजित

Football

काठमाडौं । बंगलादेशको बंगबन्धु मैदानमा भएको खेलमा ताजकिस्तानसँग नेपाल पराजित भएको छ ।

मंगलबार भएको खेलमा बलियो टोली ताजकिस्तानले दुबै हाफमा नेपालविरुद्ध दुई गोल गरको थियो ।

२७ औं मिनेटमा नेपाली रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पाएको पेनाल्टीमा फाथ्खुल्लो फाथुएल्लोभले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा ताजकिस्तानका तुरिनोभ कोमरोनले हेडरमार्फत गोल गर्दै ताजकिस्तानलाई २–० को जित दिलाएका हुन् ।

नेपालले अब अक्टोबर ६ मा प्यालेस्टाइनसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...