अफगानिस्तानलाई हराउने नेपालको दाबी

Khel

ढाका । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर दुई बलमा सबै विकेट गुमाएर १३१ रन बनाएको हो ।

ढाकाको सभार उपजिल्लामा जारी खेलमा सोमबार बिहान टस जितेको नेपालका लागि रोहित पौडेलले सर्वा्धिक ४९ रन जोड्दा रासिद खानले २९ रनको योगदान दिए । नेपाललाई सस्तैमा समेट्न अफ्गानिस्तानका अज्मातुल्लाह ओमारजाईले ४ विकेट लिए ।

समूहको पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपालले सेमिफाइनलमा ठाउँ बनाउने सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...