एसिया क्रिकेट कप : फाइनलका लागि बंगलादेश र पाकिस्तान खेल्दै

Cricket

काठामडौं । यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् ।

नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ ।

पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान भिडेका थिए । भारतले पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यसैगरी अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ भने आज पाकिस्तान र बंगलादेश खेल्दैछन् ।

सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए भने भारतसँग दुवै टिम पराजित भएका थिए । त्यसैले पाकिस्तान र बंगलादेशको २–२ अंक रहेकाले आजको विजेता फाइनल पुग्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...