सहजाद सतक भारतविरुद्धको सुपर कपमा

Cricket

काठमाडौं । भारतविरुद्धको एकदिवसीय खेलमा अफगानिस्तानका ओपनर ब्याटस्म्यान मोहम्मद सहजादले सतक प्रहार गरेका छन् ।

एसिया कप अन्तर्गत सुपर फोरको पाँचौ खेलमा सहजादले विस्फोटक सतक प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । तर त्यसपछि सहजादले एकोहोरो रुपमा खेल्दा अर्को तिर लगातार विकेट झर्यो । जसमा उसले एक सय ३२ रन बनाउदा ५ विकेट गुमायो ।

तर ओपनर सहजाद क्रिजमा डटेर खेल्दै सतक बनाए । उनले ८८ बलमा सतक प्रहार गरे । तर एक खेलाडीले सतक बनाउदा टिमको स्कोर कम हुने सन् २००१ पछि अफगानिस्तान पहिलो टिम हो ।

उसले सन् २००५ मा पाकिस्तानले बनाएको एक सय १३१ रनको कम स्कोरको रेकर्ड बराबरी गर्‍यो । यो क्रममा सहजादले १० चौका र ७ छक्का प्रहार गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...