हङकङसँगको खेलमा भारतको विजयी

India hong kong

काठमाडौं । भारत एसिया कप क्रिकेटमा २६ रनले विजयी भएको छ ।

पहिला ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा भारतले २८५ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सतकीय पारि सहित १२७ रन बनाएका थिए ।

२८६रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ बिकेट गुमाएर २५९ रनमा रोकिएको थियो । भारतलाई सफलता दिलाउन खलील अहमदल तथा युजबेन्द्र चहलले तीन तीन विकेट लिएका थिए ।

२८६ रनको लक्ष्य पछ्याएको हङकङको शुरुआत भने सानदार रह्यो । ओपनर ब्याट्सम्यान अंशुमान रथ र निजाकत खानले पहिलो विकेटका लागि १७४ रनको साझेदासरी गरे पछि भारतलाई टाउको दुखाई भएको थियो । हङकङका कप्तान रथ ७३ रन बनाएर पहिलो विकेटका रुपमा आउट भएका थिए ।

त्यसपछि अर्को ओभरमा निजाकत खान पनि व्यक्तिगत ९२ रन बनाएर आउट भएका थिए । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको हङकङ भारतसँग पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...