भद्रगोलका ‘सीतेबा’ले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

Dhurmus faundeson

काठमाडौं । भद्रगोलका कलाकार सीतेबा उर्फ मधुसुदन पाठकले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएका छन् । पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको हो ।

उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।ब्याटमिन्टनको उद्घाटन धुर्मुससुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा गर्नुका साथै दुवै जनाले ब्याटमिण्टन खेल्ने पाठकले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सीतेबाले आफ्नो खेल प्रतिको रुची र प्रेमले प्रतियोगीताको आयोजना गरिएको बताए । ब्याटमिण्टनको लोकप्रियता देशैभरी भएकोले स्वास्थ्यको हिसावले राम्रो हुनुका साथै अस्पताल अनावश्यक धाउनु पर्ने झन्झट घट्ने सीतेबाको भनाई रहेकोछ ।
प्रतियोगिता असोज ३ गते एकेडेमीको हल बसुन्धरामा हुनेछ ।

प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए । खेलका हरेक विधाका विजेताहरुलाई नगद राशी सहित प्रमाण पत्र प्रदान गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...