पेरुविरुद्ध जर्मनीको जित

Germany winn

काठमाडौं । मैत्रीपूर्ण खेलमा पेरुलाई जर्मनीले २–१ ले हराएको छ ।

आइतबार राति भएको खेलमा निको शुल्जले ८५ औं मिनेटमा गोल गरे पछि जर्मनी पेरुविरुद्ध जर्मनीले २–१ गोलको जित निकालेको हो । मैत्रीपूर्ण फुटबलमा जर्मनीका लागि डेब्यु गरेका निको र जुलियन ब्राण्डले गोल गरेका थिए ।

२२ औं मिनेटमा पेरुले अग्रता लिए पनि जर्मनी खेलमा फर्कँदै जित हात पारेको हो । लुइस एडमिन्क्लाले गोल गर्दै पेरूलाई अग्रता दिलाएका थिए ।

तर २५ औँ मिनेटमा जुलियन ब्रान्डले जर्मनीका लागि बराबरी गोल गरे । पहिलो हाफसम्म १–१ गोलको बराबरी भएको खेलको ८५ अ मिनेटमा शुल्जले निर्णायक गोल गर्दै जर्मनीलाई जित दिलाए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...