सिंगापुरले नेपाललाई दियो १ सय ५२ रनको लक्ष्य

Nepal cricket 4

काठमाडौं । एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले १ सय ५२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।

नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् ।

सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो ।

पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।

नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ । नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...