अभ्यास खेलमा नेपालले जित्यो तेस्रो पटक

Kriket jit

काठमाडौं । श्रीलंका भएको खेलमा नेपाली क्रिकेट टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा जित हात पारेको छ । आइतबार स्थानीय कोल्ट्स क्रिकेट क्लबविरुद्ध ५ विकेटले जित हात पारेको छ ।

कोट्सले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेट गुमाएर भेटाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले ५८(५७) तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५(६५) रनको पारी खेलेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । उसका हासान हिवानाइकेले ५९, आयना श्रीवर्दनेले ३६ तथा मादुरा लकमलले ३१ रन जोडेका थिए । नेपालका सोमपाल कामीले ३ तथा करण केसी र सागर पुनले समान २–२ विकेट लिए ।

मलेसियामा अगष्ट २९ तारिख देखि सुरु हुने एसिया कप छनौटका लागि नेपालले श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको हो ।यसअघि नेपालले स्थानीय आर्मी क्लब तथा ब्लुमफिल्ड क्लबमाथि जित हात पारेको थियो । नेपाली टोली सोमपाल मलेसिया प्रस्थान गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...