तेस्रो अभ्यास श्रीलंकाविरुद्ध खेल आज

Shirilanka birudhhha

काठमाडौं । एशियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ ।

लगातार दोस्रो जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने प्रयासमा हुने छ । नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबसँग विहान सवा १० बजे प्रतिस्पर्धा गर्ने छ ।

आजको खेलपछि नेपाली क्रिकेट टोली भोली सोमबार एसिया कप छनोट खेल्का लागि मलेसिया प्रस्थान गर्नेछ ।

एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् ।

उक्त प्रतियोगितामा एकदिवशीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...