५० मिटर फ्रीस्टाइल पौडीमा शिरीष ४६ औं स्थानमा

Swimming 6apjuykefz

काठमाडौं । इन्डोनेसियामा जारी एशियाली खेलकूदको पौडीमा हिट हिट चरणबाट बाहिरिएका छन् ।
५० मिटर फ्रिस्टायलमा कूल ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । गुरुङले निर्धाति दूरी २६.३३ सेकेण्डमा पूरा गरे ।

उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाउन सकेन । अब शिरीषले दुई स्पर्धामा खेल्ने छन् ।

आगामी बिहीबार शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । त्यसैगरी बुधबार गौरिका सिंहले २०० मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...