दोस्रो मिस्टर माउन्टेनको उपाधिमा उमेश

Mister mountain umesh2

काठमाडौं । दोस्रो मिस्टर माउन्टेन शारिरिक सुगठन प्रतियोगिताको उपाधि उमेश लामाले जितेका छन् ।

झापाका उमेश ७५ केजी माथीको तौल समूहको च्याम्पियन हुदै मिस्टर माउन्टेनको फाईनल चरणमा प्रबेश पाएका थिए ।

राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा शनिबार राती भएको फाईनल स्पर्धामा आफ्नो–आफ्नो तौल समूहमा च्याम्पियन भएका चार प्रतिस्पर्धालाई उछिन्दै उमेशले उपाधि चुमेका हुन् ।

नेपलिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा सञ्चालित प्रतियोगिताकोे फाईनलमा उमेशले ५५ केजी तौल समूहका बिजेता आभाष प्याकुरेल, ६० केजीका बिजेता गौरव कुमार श्रेष्ठ, ६५ केजी समूहका बिजेता अशिष देवा, ७० केजीमा सन्दीप श्रेष्ठ र ७५ केजीका बिजेता मरिचमान लामालाई पछि पादै मिस्टर माउनटेनको ताज पहिरिएका हुन ।

उमेशले उपाधि सगै तीनलाख प्राप्त गरे । प्रतियोगितामा देशभरका एकसय ५० खेलाडीले भाग लिएका थिए । विजेतालाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...