एसियाडको फुटबलमा समूह चरणबाटै बाहिरियो नेपाल

Football asiyad

काठमाडौं । १८औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल आइतबार भएको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएसँगे समुह चरणबाट बाहिरिएको हो ।

समूह ‘डी’मा परेको नेपाल लगातार तीन खेलमा पराजित भएपछि बाहिरिएको हो । यसअघि नेपाललाई जापानले १–० र भियतनामले २–० गोलले पराजित गरेका थिए ।

नेपालले खेलको एघारौं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तान युनास सहाबाजले आफ्नै पोस्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको हो । यो गोल नेपालले एसियन गेम्समा सन् १९८२ पछि पहिलो पटक गरेको हो ।

पाकिस्तानले ५५ मिनेटमा बराबरी गोल फर्काएको थियो । ७१ मिनेटमा पाकिस्तानले अग्रता लियो । पाकिस्तानका लागि कप्तान श्रद्धाम हुसेनले ७१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर पाकिस्तानलाई अग्रता दिलाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...