एसियाडमा भियतनामसंग नेपालले जिते हरेक खेलाडीलाई डेढ सय डलर

Asiad football

काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुदमा नेपालले आज भियतनामसँग खेल्दैछ ।


एसियाडको फुटबलको समूह चरणको दोस्रो खेलमा नेपालले बिहिबार भियतनामसँग खेल्दैछ । नेपालले भियतनामलाई हराउन सकेका खण्डमा नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउने छ । पराजित भयो भने नेपाल समूह चरणबाटै बाहिरिने छ ।

मंगलबार भएको पहिलो खेलमा नेपालले जापानसँग १–० को झिनो हार बेहोरेकाले आत्मविश्वास बढेको छ । तर भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेकाले नेपालमाथि पनि हावी हुन खोज्नेछ ।

यो खेलमा नेपालले जित हात पारे खेलाडीहरुलाई जनही डेढ सय डलर दिने घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले गरिसकेको छ । यसअघि मंगलबारको खेलबाट खेलाडीहरुले एक सय डलर कमाएका छन् ।

जापानविरुद्ध ३–० सम्मको हारले पनि नेपाली खेलाडीले सय डलर पाउने थिए । खेल्न जानुअघि एन्फाले जापानविरुद्ध ३–० सम्मको हारले सय डलर, भियतनामलाई जित्दा १५० डलर र पाकिस्तानलाई जित्दा सय डलर दिने घोषणा गरेको थियो ।

नेपालले यसअघि जापानसंग एसियाडमा ५–० को हार दुई पटक र ४–० को हार एक पटक बेहोरेको थियो । विहिबारै जापानले पाकिस्तानसंग खेल्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...