दलित पार्टीका सबै सदस्यले पार्टीमा पेश गरे सम्पत्ति विवरण

Dalit party

काठमाडौं । नेपाल दलित पार्टीका केन्द्रिय सदस्यसहित सबै पदाधिकारीहरुले सम्पत्ति विवरण बुझाएका छन् ।

असार २४ मा बसेको सो पार्टीको बैठकमा सबै केन्द्रिय सदस्यसहित पदाधिकारीहरुले सम्पत्ति विवरण बुझाएका हुन् । सबै सदस्य र पदाधिकारीहरुले पेश गरेका सम्पत्ति विवरण केन्द्रिय समितिको बैठकलले अनुमोदन गरेको छ ।

निर्वाचन आयोगले पार्टीका सबै केन्द्रिय सदस्य र पदाधिकारीहरुले अनिवार्य रुपमा आ–आफ्नो पार्टीमा बुझाउनुपर्ने र सोको विवरण पार्टीले अभिलेखमा राख्न निर्देशन दिएको थियो । सोही अनुसार नेपाल दलित पार्टीले सबै केन्द्रिय सदस्य र पदाधिकारहिरुलाई आ–आफ्नो सम्पत्ति विवरण पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो ।

६१ जनाको केन्द्रिय समिति रहेको सो पार्टीले सबैको सम्पत्ति विवरण अभिलेखमा राखी सार्वजनिक गरिएको पार्टी अध्यक्ष मेघबहादुर कामीले बताएका छन् । यसरी सम्पत्ति विवरण पेश गर्नेहरुमा केन्द्रिय अध्यक्ष मेघबहादुर कामी, उपाध्यक्षद्धय धनकुमारी परियार र जयराम सुनार, कोषाध्यक्ष कृष्णबहादुर ताम्राकार, महासचिव शेरबहादुर विक, सचिवद्धय शम्भु नेपाली र महेश तिरुवा छन् ।

कमला बर्देवा, लक्ष्मी विश्वकर्मा, रामबहादुर टमटा, पदम सार्की, कमला विक, दुर्गाबहादुर कामी, दिलबहादुर विश्वकर्मा, धनबहादुर गायक, सीता देवी, दुखराम, भिमबहादुर दर्जी, मानबहादुर कामी, अर्मीष्टा कामी, खिमादेवी सुनार, राधिका तिरुवा, चित्रदेवी सुनार, विष्णु बर्देवा, वीरबहादुर थारु लगायतका केन्द्रिय सदस्यहरुले पनि आफ्नो सम्पत्ति विवरण पार्टीमा पेश गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...