संविधान संशोधन गर्न सरकार प्रतिवद्धः नेम्वाङ

Suwas newanga

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले सरकार संविधान संशोधन गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शनिबार नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने योजना अघि सारे। उनले संविधान सम्झौताको दस्ताबेज भएकाले त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई आह्वान पनि गरे ।

उपनेता नेम्वाङले संविधानमा जनताको भावनालाई समेटेर जान सकिने प्रावधान भएकाले अव मुलुकमा विद्रोहको कुनै आवश्यकता नरहेको पनि स्पष्ट पारे। पूर्व सभामुख समेत रहेका उनले आवश्यक्ता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्नेमा पनि जोड दिए। उनले नेपाली जनता आफैले पहिलो पटक जारी गरेको संविधान विश्वकै समावेशी रहेको दावी समेत गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...