सञ्चारमैत्री नीति ल्याउन प्रदेश सरकारसँग माग

Pradesh 1

विराटनगर । नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन सञ्चारकर्मीले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित ‘सञ्चार नीति र कानून’ विषयक १ दिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ्चार कानून निर्माण हुने क्रममा रहेकाले यसप्रति प्रेस जगत चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी प्रदेश सरकारले विधेयक ल्याउन लागेकाले सो विरुद्ध सशक्त आवाज उठाउनुपर्ने भन्दै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजिए त्यसप्रति सचेत रहन सबैमा आग्रह गर्यो ।

महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतमले प्रेसलाई संकूचित पार्ने गरी प्रदेश सरकारले कानून बनाउन लागेको भन्दै यसप्रति सबैले चनाखो हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ पत्रकार यज्ञ शर्माले सञ्चार क्षेत्र र सामाजिक सञ्जालप्रति राजनीतिक पक्षको दृष्टिकोण नकारात्मक रहेकाले कठोर कानून बन्नसक्ने सम्भावना रहेको छ भन्यो ।

महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदित, पत्रकारद्वय गणेश लम्साल र धु्रव भट्टराईले नयाँ सञ्चार नीतिको विरुद्धमा पत्रकारलाई एकजुट हुन आग्रह गर्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...