नेकपा बैठक : ३ सस्दयीय कार्यदल गठन

Neta

काठमार्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन ३ सस्दयीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी सचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाका नेता बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेका कार्यदलले तयार गरेको नियमावलीलाई आगामी मंगलबार बस्ने बैठकमा प्रस्तुत गरिने र बैठकले अनुमोदन गरेपछि प्रकाशनका लागि पठाइने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

“बिहीबार बसेको पार्टीको स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो, अब मंगलबार बस्ने पार्टी सचिवालयको बैठकले वर्तमान समसामयिक राजनीतिक परिस्थितिको बारेमा समेत छलफल गनेछ”-उनले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...