सांसद प्रधान : सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन

Bhimshen

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेका बताएको छ ।

आज क्षेत्र नं. ६ वडा तोर्केश्वर नगरपालिका-९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप लगाए ।

उनले भने, “सरकारले सबैलाई मिलाएर लैजानुपर्छ, पूर्वाग्रही बनेर गए त्यसले द्वन्द्व निम्त्याउँछ, त्यसैले मिलेर अघि बढौं ”।

उनले लोकतन्त्र बलियो बनाए मात्र सरकार बलियो हुने भएकोले व्यक्तिगत स्वार्थमा त्यो सम्भव नहुने भन्दै गंगामाया अधिकारी र डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गर््यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...