माइतीघर मण्डलामा निषेधाज्ञा तोड्ने मानवअधिकारवादीसहित १२ पक्राउ

Maitighar mandala

काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने अधिकारकर्मीहरु पक्राउ परेका छन् । सरकारले माइतीघरमा लगाएको निषेधाज्ञा तोड्दै बिहीबार प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गंगामाया बचाउ, डा. गोविन्द केसीका माग पूरा गर र माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ता माग गर्दै प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले बिहान नियन्त्रणमा लिएको हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी ६ दिनदेखि जुम्लामा अनशन बसेका छन् भने गंगामाया अधिकारी छोरो हत्या गर्नेलाई कारवाही माग गर्दै वीर अस्पतालमाआमरण अनसनमा छिन्।

प्रदर्शनमा सहभागी डा. उद्धव प्याकुरेल, मोहन ज्ञवाली, इन्द्रप्रसाद अर्याल, चरण प्रसाईं, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी र लोकेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ ।

सरकारले आन्दोलनका लागि स्थान तोकिदिएपछि त्यसको तीव्र विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...