राजसंस्था छोड्दैनौं, हिन्दु जागरण अभियान थाल्छौंः कमल थापा

Kamal thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापनाका लागि दबाव दिन अभियान सुरु गर्ने बताएका छन्। रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यही साउन २ गतेदेखि हिन्दु जागरण अभियान सुरु गर्ने जानकारी दिए।

पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका निम्ति निरन्तर संघर्ष गरिराखेको भन्दै उनले साउन २ देखि हिन्दु जागरण अभियान लिएर देशभर हिँड्ने बताएका हुन्। हिन्दु राज्य र राजसंस्थासहितको लोकतन्त्र छाड्न नसक्ने प्रष्ट पारे । उनले भने, ‘यो दुबै एजेण्डा छाड्ने हो भने राप्रपाको औचित्य नै रहँदैन ।’

अध्यक्ष थापाले फेरि नफुट्ने गरी पार्टी एकता गर्न चाहेको बताए उनले पार्टी एकीकरण अन्तिम चरणमा पुगेको पनि बताए। निर्बाचनमा पार्टीले पराजय भोग्नु र मुलुकमा एकदलिय सर्बसत्ताबाद बढ्दै गएपछि पार्टी एक हुन थालेको उनको भनाई छ।

राप्रपाका घटकहरुलाई एक बनाउन पूर्व राजाले पहल गरिरहेको समाचार आइरहेका बेला उनले पूर्वराजासँग पटकपटक भेटघाट भएपनि पार्टी एकिकरणको बारेमा छलफल नभएको दाबी गरे। ‘मेरो बेलाबेलामा राजासँग भेट हुन्छ, जसरी विगतमा राजसंस्था रहँदा राजासँग भेटघाट कुराकानी हुन्थ्यो’ उनले भने, ‘अन्य पार्टी र नेताहरुले त्यो सम्बन्ध कायम राखेका छन् कि छैनन् मलाई थाहा छैन।’

उनले सरकार एकदलीय सर्बसत्ताबादको खतरातिर जान सक्ने खतरा पनि औंल्याए। ‘सरकारको बारेमा ठोस निश्कर्ष निकाल्नु उपयुक्त बेला त होइन। तर ५ महिनाको गतिबिधि हेर्दा जनतामा केहि आशा र जनतामा बढि आशंकाको स्थीति देखापरेको छ।

’ उनले भने, ‘दुई तिहाइको बहुमतको कारण एकातर्फ स्थिरता,आर्थिक बिकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्बसत्तााबादको आशंका पनि देखिन्छ ।’पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाली जनताले निरंकुशता र सर्बसत्ताबाद नस्वीकार्ने कुरा प्रमाणित भैसकेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...