प्रधानमन्त्रीको दबाबपछि गैससको सम्पत्ति छानविन रोकियो

K.p. oli abc

काठमाडौं । गृहमन्त्रालयले सुरु गरेको गैरसरकारी संस्थाहरुको सम्पत्ति छानविन प्रकृया प्रधानमन्त्री केपी ओलीको दबाबपछि रोकिएको छ ।

गृह मन्त्रालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह पछि हटेको स्रोतले जनाएको छ ।

गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।

त्यसको एक साता बित्न नपाउँदै असार ४ गते गृहले नै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै तत्काल यसअघि दिइएको गैरसरकारी संस्थाबारेको निर्णय कार्यान्वयन नगर्नू भन्दै अर्को सर्कुलर गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...