धनकुटा कांग्रेसले बनायो २४ वटा विभाग गठन

Nepali congress flage

धनकुटा । नेपाली कांग्रेस धनकुटाले २४ वटा विभिन्न विभागहरु गठन गरेको छ ।
नेपाली कांग्रेसलाई सक्रिय र सशक्त बनाउन २४ वटा विभाग गठन गरी जिम्मेवारी दिइएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
जसमा अनुशासन तथा युवा विद्यार्थी विभाग प्रमुख उपसभापति नबिन किशोर शाक्य, प्रचार–प्रसार तथा संगठन विभाग प्रमुख सचिव विजय सन्तोषी राई, प्रहरी तथा प्रशासन र आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष दिनेश राईलाई जिम्मेवारी दिएको छ ।
शिक्षा तथा पर्यटन बिभागमा निर्मल ओझा, कृषी विभागमा लेखनाथ पौडेल, विद्युत विभागमा सिता प्रधान र सांस्कृतिक विभागको प्रमुखमा अम्विका परियार तोकिएका छन् ।
त्यसैगरी लोकेन्द्र रायमाझी जिविस समन्वय समिति, रविन्द्र नेपाली दलित, ज्ञानु गुरुङ गैसस विभाग, खेमराज पौडेल स्वास्थ्य तथा श्रम, इन्दिरा पौडेल महिला, विष्णु पौडेल सहकारी तथा यातायत, मोहन वान्तवा आदिवासी जनजाती तथा खानेपानी, दवेन्द्र श्रेष्ठ बन, गोर्खबहादुर पिठाकोठे मगर भूपु सैनिक विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यसरैगरी रोषेश श्रेष्ठ उद्योग बाणिज्य । हर्कमान चेम्जोङ खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको नेपाली कांग्रेस धनकुटाका अध्यक्ष अग्नीप्रसाद पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...