ट्रेड युनियन काँग्रेसका अध्यक्ष भन्छन् ‘कम्युनिष्ट अधिनायकवाद सुरु भइसक्यो’

Unian

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले देशमा कम्युनिष्ट अधिनायकवाद सुरु भइसकेको आरोप लगाएका छन् । उनले सरकारबाट न्यायलयलाई तर्साउने काम गरेर अधिनायकवाद लाद्न खोजिएको भन्दै तयस विरुद्ध एकजुट हुन ट्रेड युनियन कर्मीहरुलाई आव्हान समेत गरे ।

बुधबार राजधानीमा आयोजित ट्रेड युनियन कांग्रेसको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष आचार्यले सरकारले कम्युनिष्ट अधिनायवादी छबि देखाईसकेकाले कर्मचारीको हक हितका लागि सबै ट्रेड युनियनकर्मीहरु एक जुट हुनुपर्ने बताएका हुन् ।

सरकारबाट न्यायलयलाई तर्साउने काम सुरु भईसकेको भन्दै उनले श्रमिकहरु पेशागत हितका पक्षमा एकठाउँमा नआए भविष्यमा सबै श्रमिकले दुख पाउने बताए । पार्टी भित्रको गुटबन्दीका कारण श्रमिकहरुको एकता प्रभावित भएको भन्दै उनले ट्रेड युनियनको समस्या सम्बोधन गर्न सक्ने क्षमतामा कांग्रेसलाई पुर्याउनुपर्नेमा जोड दिए ।

कांग्रेसले सत्तामा रहुन्जेल पनि ट्रेड युनियनका हक हितलाई नहेरेको गुनासो उनले गरे। अंश वण्डा गरेर मात्रै कांग्रेस पुरानै हैसियतमा आउन नसक्ने भन्दै उनले पार्टी भित्र बढ्दै गएको गुटबन्दी अन्त्यका लागि दबाब श्रृजना गर्नुपर्नेमा जोड दिए।

सार्वजनिक कार्यक्रममा नेताहरुले गुटको विरोध गरेपनि नेपाल ट्रेड युनियन कांग्रेसको निर्वाचनमा भने समानन्तर रुपमा गुटकै उम्मेदवारले प्यानल सहित प्रतिष्पर्धा गरेका थिए। भर्खरै सम्पन्न निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षको एक सिट बाहेक बाँकी सबैमा कृष्ण सिटौला र रामचन्द पौडेल पक्षधरले जितेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...