बैतडीमा पृथ्वीनारायण शाहकोे अग्लो शालिक बन्ने

Kamla thapa n

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा गणतन्त्र आएपनि पृथ्वीनारायण शाह र महेन्द्र जस्ता राजाको योगदान अवमुल्यन गर्न नहुने बताएका छन् ।

आइतबार राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १० वर्षे जनयुद्ध र त्यसपछिका परिवर्तन पश्चात राजसंस्थासँग सम्बन्धित कुनै पनि विषयलाई ओझेलमा पार्न संगठित रुपमा कार्यहरु भैरहेका बताए ।

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपालमा हालसम्मकै ठूलो शालिक निर्माण गर्ने बारे भएको अन्तरक्रियामा थापाले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको विशाल प्रतिमाको स्थापना गर्ने जमर्को गरेकोमा राष्ट्रियता संरक्षण अभियान बैतडीलाई शुभकामना दिए । दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले शालिक बनाउन लागेको होे ।

उनले भौगोलिक रुपमा नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाह र भावनात्मक रुपमा एकिकरण गर्ने श्री ५ महेन्द्रलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताए। अध्यक्ष थापाले बैतडीमा राष्ट्रनिर्माताको २१ फिट अग्लो शालिक निर्माण गर्न अग्रसरता देखाउने राष्ट्रियता संरक्षण अभियान बैतडीलाई पूर्ण सहयोग पु¥याउन सबैमा आग्रह गरे।

कार्यक्रमबारे पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रियता संरक्षण अभियान बैतडीका अभियन्ता हेमबाबु लेखकले प्रकाश पारेका थिए। कार्यक्रममा विभिन्न ब्यक्तिबाट शालिक निर्माणका लागि विभिन्न ब्यक्तिहरुबाट स्वेच्छिक रकम समेत संकलन गरिएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...